झापा, पुस २८ / पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा रोयल फुटबल क्लब दार्जि्लिङ र विभागीय टिम नेपाल आर्मी भिड्ने भएका छन्। खेल शनिबार दिउँसो २ बजेपछि फिदिम माविको खेल मैदानमा हुनेछ। विजेता टिमले उपाधिका लागि झापा ११ को सामना गर्नेछ। हिजो भएको खेलमा सरस्वती युथ क्लब काठमाडौंलाई १–० ले हराउँदै झापा ११ प्रतियोगिताको फाइनलमा पुगेको थियो। प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ। विजेताले नगद चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Facebook Comments Box