गौरीगंज २८ , पुस सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र गौरीगञ्जले एक कार्यक्रमको आयोजना गरि नगदसहित सुत्केरी पोषण सामाग्री वितरण गरेको छ ।
गौरीगञ्ज गाउँपालिका वार्ड नं ३ हुक्कागाछी बस्ने सुत्केरी सेरा खातुनलाई नगद ५ हजार रूपैयाँसहित सुत्केरी पोषण स्वरूप एक वटा भाले र न्यानो कपडा प्रदान गरिएको हो ।

गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र सहारा सेवाकेन्द्र गौरीगंजका म्यानेजर उमेश भारतीले संयुक्तरूपमा खातुन दम्पतीलाई उत्त रकम, भाले र न्यानो कपडा प्रदान गरेका थिए । खातुनले पुस १७ गते लाइफ लाईन दमकमा छोरीको जन्म दिएकी थिईन् ।
खातुनलाई सहकारीले दमकस्थित लाईफ लाईन अस्पतालमा सुत्केरी हुँदै अवस्थामा नगद ४ हजार रूपैयाँ समेत प्रदान गरेको थियो ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी नारा तय गरेको सहाराले ग्रामीणस्तरका विपन्न तथा पछाडिपारिएका समुदायलाई संगठित गरि उनीहरूको आर्थिक तथा सामाजिक रूपान्तरण गर्दै आएको छ ।
प्रदेश नं १ का ६ जिल्लामा ६० वटा सेवा केन्द्र रहेकोे सहकारीमा १ लाख ३५ हजार ६ सय ७७ जना शेयर सदस्य रहेको म्यानेजर भारतीले जानकारी दिए ।
१५ वर्ष अघि गौरीगंजमा स्थापना भएको सेवाकेन्द्रमा १ सय ४१ वटा समूह सहकारीमा आबद्व छन् । सहकारीले स्थानिय सरकारसँग समन्वय र साझेदारी गरि विपन्नको लागि आवास घर निर्माण, विद्यालय भर्ना अभियान, किशोरी शिक्षा, लागुऔषध दुव्र्यसन न्युनीकरण अभियान, दाईजो प्रथा, बालविवाह, महिला, अल्पसंख्यक, सिमान्तकृत, शारीरिक अशत्त, अपांगहरूलाई समेटी स्वास्थ,शिक्षा, सुरक्षित पोषणसहित दीगो विकास लक्ष्य लिएको जनाईएको छ ।
समुहकी अध्यक्ष कञ्चन देवी महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, सेवा केन्द्रका म्यानेजर उमेश भारतीलगायतले बोेलेका थिए भने सुभाष झाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Facebook Comments Box