हामीले बैज्ञानिक राइट दाजुभाइको कथा सुनेकै हो । दाजुभाइको प्रयत्नबाट सपलता कमै मान्छेलाईमात्र मिल्छ । यस्तै एउटा सफलता हाँसिल गरेका राइट दाजुभाइ भनेर चिनिनुहुन्छ संगम स्वीटसका सञ्चालक विमल शर्मा र संगम शर्मा । दाजु संगम शर्माको प्रेरणा, हौसला र योजनामा झापाको दमकमा संगम स्वीट सञ्चालनमा ल्याउने सफल ब्यवसायी हुनुहुन्छ विमल शर्मा । संगम स्वीट चल्छ भनेर सुरुमा कसैले पनि पत्याएका थिएनन् रे, तर, विस्तारै लोकप्रियता कमाउदै गएको संगमले अहिले राष्ट्रिय ब्राण्ड बनाउन सफल भएको छ । दुई दशकअघि पहिलो पटक दमकमा ५ लाख लगानीमा स्थापना भएको संगम स्वीट्सले अहिले देशका मुख्य शहर र गाउँहरुमा लोकप्रियता कमाइरहेको छ । राजधानीबाहिर दमक, विर्तामोड, पथरी, उर्लाबारीमा विगतदेखिनै सञ्चालनमा छन् । केही महिनाभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसमा अर्को आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सञ्चालक संगम स्वीट्सका उनै राइट दाजुभाइ मध्यका एक विमल शर्मासँग ब्यावसायको सफलताबारे बैकल्पिक बहसकालागि गरिएको कुराकानी–

      संगम स्वीटको सुरुवात कसरी गर्नुभयो ?
करिव २४ वर्षअघि दाइ संगमले दमकमा स्व. गोपी थापाको घर भाडा लिएर पसल शुरु गनुभएको हो । त्यो बेला म भारतको आसममा पढ्दैथिए । दाइले बोलाउनुभयो र दमक आएर दमक क्याम्पसमा वि.ए. पढ्दै दाइलाइ सघाउँदै पसल गर्न थालेँ । दमकमा स्थापित हुन दाइको अथक मेहनत छ ।
शुरुमा कति लगानी थियो ?
शोकेसभित्र मिठाइ राखेर बेच्ने हाम्रो पसल पहिलो हो । दमकमा त्यो बेला मिठाई खुल्ला बेचिन्थ्यो । फ्रीज, शोकेस, डिफ्रीजमा ५ लाख रुपैयाँ लगानी गरेर हामीले होटल चलाएका हौ । हामी चार दाजुभाइ एकै ठाउँमा छौं, सवै शाखाको हिसाव केन्द्रीत गरिन्छ र नयाँ योजना बनाइन्छ ।
   अहिले कति लगानी छ, शाखा कति छन् ?

सबै शाखाको हिसाव लगानी ठ्याकै एति भन्न त सकिन्न तर दमक बाहेक काठमाडौंमा जम्मा तीन ओटा शाखा छन् । बिर्तामोड, उर्लाबारीमा छ । अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ भवन बन्दैछ । त्यहाँ पनि खोल्ने तयारी भइरहेको छ । सायद अबको दुई महिनामा उक्त बिल्डीङ सकिएला । हामी संगमको आउटलेट खोल्न तयारी अवस्थामै छौं ।
मुख्य परिकार के हो र अहिले कतिजनाले रोजगारी पाएका छन् ?
हामी सवै साकाहारी परिकार बनाउँछौं, साउथ इण्डियन, नर्थ इण्डियन, चाइनीज कन्टिनेन्टल, स्वीट्स, कोलड्रीङ्स कुनै पनि ग्राहक स्वीट्समा आएर आफुले चाहे अनुसारको सुद्ध साकाहारी भेजिटेरीयन परिकार खान सक्छन् । दमकमा मात्र अहिले ७० जना कामदार र स्टाफ होलान । समग्रमा संगमबाट ३ सय जनाले रोजगारी पाएका छन् ।
ब्यावसायबाट पूर्ण सन्तुष्टी मिलेको छ ?
हामी जुन क्षेत्रमा काम गर्छौ, आत्मालाई सन्तुष्टी भएरै गर्नुपर्छ । त्यहाँभित्रै समाउन सक्नुपर्छ, नियमित काम गरे सफलता मिल्छ । त्यो क्षेत्रमा विजनेश बढाउदै लान्छु, भन्ने सम्झिँदा सन्तुष्ट भएर नै गरिन्छ ।
तपाई सामाजिक संस्थामा पनि सामेल हुनुहुन्छ ?
म ब्यावसायसँगै समाजसेवालाईपनि सँगै लानुपर्छ भन्ने मनसायको मान्छे भएकोले ब्यावसायसँगै समाजसेवामा रमाउँछु । हाल दमक इष्टन लायन्सको प्रिसिडेण्ट छु, मैले सामाजिक काममा जेसिजबाट प्रेरणा पाएर समाजसेवामा अग्रसर भएको हुँ, जीवनचक्र समाज नेपालमा आवद्ध छु, यसैगरि रेडक्रस दमक शाखाको सह कोषाध्यक्षको जिम्मेवारी लिएर पनि काम गरिरहेको छु ।

Facebook Comments Box