दमक / गंगादेव चौधरी संगीत यात्रामा रमाउने उदयमान कलाकार हुन् । यसरी नै बित्यो उनको १० बर्ष । तर अब उनि सांगीतिक आकाशमा उदाएका छन् । उनलाइ चर्चित गायक संजिब सिंहले साथ दिएका छन् ।

गायक सिंहको फेसबुक पेजमा नम्बर भेटेर फोन गरेर प्रभावमा पारेका उनि अब आफ्नो यो यात्रा शुरुवात भएको बताउछन् । उनले संजिब सिंह, अनिल सिंह, सुगम पोखरेल, दीपेश भट्टराइका गीत खुब गाए ।चौधरी लायन्स क्लव मार्फत सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेकाछन् । हसिलो स्वभावका उनि शिक्षा, सामाजिक क्षेत्रसंगै अब सांगीतिक दुनियामा समेत चिनिन थालेका छन् । अहिले चौधरीले प्रियतमा एल्बम तयार पारेका छन् । युट्युवमा राम्रै चल्न शुरु गरेको छ । उनको एल्बममा एउटा पप, अर्को लोकगीत र अरु ३ वटा आधुनिक गीत रहेकाछन् । अहिले उनको अर्को गीत आउँदै छु म.. सुटिङको क्रममा छ ।

Facebook Comments Box