मधेश आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको रिहाइ

काठमाण्डौं /  मधेश आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको रिहाइजस्ता विषयमा सममति भए जसपा सरकारमा जाने माग गरेका छन् । सरकारको तेतृत्व गर्न आज जनता समाजवादी पार्टीले आज संसदीय दलको नेता चयन गर्दै
सत्ता समिकरण मिलाउन जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्ने तय भएको पार्टी श्रोतले जनाएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्ने भएको हो।

बैठक दिउँसो एक बजे पार्टी कार्यालय ग्वार्कोमा बोलाइएको छ। सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाले हिजो सत्तारुढ एमालेका नेताहरुसँग उच्चस्तरीय छलफल गरी सत्ता समीकरणका लागि आफ्ना शर्तहरु राखेको थियो।

मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका विषयमा सरकार सकारात्मक भएपछि आज यसबारे थप छलफल गर्न लागिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

आजै बस्ने संसदीय दलको बैठकले सरकारसँग वार्ताका लागि गठित कार्यदलमा थप एकजना सदस्य नियुक्त गर्ने कर्णले बताए। जसपाले सत्ता समीकरणबारे छलफल गर्न कर्णकै नेतृत्वमा दुई सदस्यीय कार्यदल यसअघि नै बनाइसकेको छ। कार्यदलमा सर्वेन्द्रनाथ शुक्ल सदस्य छन्।

कार्यदलले दिउँसो ४ बजे नेकपा एमालेका तर्फबाट गठित अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सरकारी कार्यदलसँग छलफल गर्नेछ।

शुक्रबार, २८ फागुन, २०७७, बिहानको ०९:२८ बजे

सम्बन्धित खवर