श्रीमतिको अँगालोमा परपुरुष बेरिएपछि….

 यौनसम्बन्ध राखेको थाहा पाएपछि हत्या
काठमाडौँ, २८ फागुन । रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ ।
आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको प्रहरीको दाबी छ । गत मङ्सिर १७ गते बिहान ७ः३० बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडक खण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतका अनुसार पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् ।

लोधको टाउकोमा गम्भीर चोट लागेको,नाक र मुखबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाएको थियो ।

घटनास्थलबाट उठाइएको सबुद प्रमाण, प्राविधिक पक्षको विश्लेषणलगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको प्रहरीको दाबी छ । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शुक्रबार, २८ फागुन, २०७७, बिहानको १०:३६ बजे

सम्बन्धित खवर