प्रधानमन्त्रीको दौडमा बाबुराम अगाडि

काठमाडौं, ३० चैत्र । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई प्रधानमन्त्रीको दौडमा अग्रपंक्तिमा आउन खोजेका छन् । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई कि प्रधानमन्त्रीका लागि अगाडि बढ्न कि आफूलाई सहयोग गर्न प्रस्ताव राखेका छन् ।

देउवासँग पटक पटक भेटेका भट्टराईले यस्तो प्रस्ताव राखेपछि सत्ता गठबन्धन बन्ने नबन्ने विषय निर्णायक मोडमा पुगेको छ । देउवाले आफै प्रधानमन्त्री बन्ने चाहना राखेपनि जसपाबाट समर्थन हुनेमा आशंका व्यक्त गरेका छन् । यसकारण उनी अगाडि बढ्न सकेका छैनन् ।

देउवाले अलमल गरेपछि बाबुरामले आफू अगाडि बढ्नसक्ने बताएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा नियन्त्रण कायम गर्न सेटिङ बनाएको भन्दै भट्टराईले ठूलो परिवर्तन गर्नुपर्ने र त्यो आफूले गर्न सक्नेबारे कुरा गरको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
भट्टराईलाई प्रधानमन्त्री बनाउने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेको बुझिएको छ । देउवाले सहमति जनाए भट्टराई प्रधानमन्त्री बन्नसक्नेमा विश्वस्त रहेका छन् । तर, जसपाभित्रै महन्थ ठाकुर पक्ष ओलीसँग गठबन्धन बनाएर जाने पक्षमा छ । जसपालाई सरकारको नेतृत्वको अवसर आएमा ठाकुर पनि दाबेदार देखिएका छन् । ठाकुरले भट्टराईलाई साथ दिएमा मात्र सरकारको नेतृत्वको सम्भावना बलियो हुन सक्छ ।

सोमबार, ३० चैत, २०७७, दिउँसोको ०४:४४ बजे

सम्बन्धित खवर