२९ चैत, २०७५ काठमाडौं /  ऊर्जामन्त्री वर्षमान पुनले मुलुकको बिकास र समृद्धिका लागी ऊर्जा क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बिहिबारबाट उपत्यकामा सुरु ऊर्जासम्बन्धीे प्रदर्शनीको उद्घाटन गर्दे उर्जामन्त्री पुनले भने, सरकार ऊर्जा क्षेत्रको बिकासमा अघि बढेको छ , १० बर्षमा १५ हजार मेघावाट बिद्युतत उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । उनले पछिल्लो समय बिभिन्न आयोजनाको बिकासका लागी तिव्र गतिमा प्रशारण लाइन निर्माणको काम पनि भइरहेको जिकिर गरे । उनले स्वदेशी र विदेशी निजी क्षेत्रसँग जलविद्युत् उत्पादनमा सहकार्य गर्दै सरकार अघि बढ्ने बताए । नेपालस्थित जर्मन राजदूतावासले आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले नेपाल र जर्मनबीच सन् १९५८ मा द्धिपक्षीय सम्बन्ध रहेको स्मरण गर्दे दुईदेशबीचको सम्वन्ध थप प्रगाढ हुदै जाने विश्वास व्यक्त गरे । ‘जर्मन ऊर्जा रुपान्तरण ः जर्मनीको उर्जा प्रणालीमा परिवर्तन’ नाम दिइएको प्रदर्शनी अप्रिल २६ सम्म चल्ने छ । जर्मनीले नेपालका विभिन्न गाउँपालिका र शहरहरुमा नवीकरणीय ऊर्जाका प्रविधिलाई प्रोत्साहन गर्न ‘जीआईजेड’ कार्यक्रममार्फत् अल्टरनेटिक इनर्जी प्रोमोशन सेन्टर (एईपीसी) लाई सहयोग गर्दै आइरहेको जर्मन राजदूतावासले जनाएको छ ।

Facebook Comments Box