करीब २ दशक अघि देखि निर्माणाधिन दमक चिसापानी रबि सडक (फाल्गुनन्द मार्ग)  कालोपत्रे हुने पक्का भएको छ । झापाको दमक देखी इलामको चुलाचुली र माङसेबुङ गाउँपालिका र पाँचथर सम्म जोडिने यो सडक कालोपत्रे गर्नका लागि २ अरब रूपैयाँको टेण्डर खुलाएसँगै अब निर्माण कार्य पुरा हुने भएको हो ।

नेपाल सरकार भौतिक तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय दमकले आज बुधबार गोरखापत्रमा ठेक्का प्रक्रियालाई अघि बढाउदै आह्वान गरेको बोलपत्र औपचारिक रूपमा दमक चिसापानी रबि सडक निर्माण समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।

इलामको चिसापानीसम्म ३६ किलोमिटर मात्र रहेको यो सडकलाइ २ भागमा अध्ययन गरि विभाजन गरिएको समेत जनाएको छ । जसमा दमक देखी माङसेबुङ (भञ्ज्याङ) सम्म २३ किलोमिटर र भञ्ज्याङ देखि चिसापानीसम्म १२ किलोमिटर गरी २ भागमा अध्ययन गरिएको जनाएको छ ।

हिउदे बाटोको रूपमा समेत यस सडकलाइ भनिन्दै आएको थियो । सडक क्षेत्रमा रतुवा खोला पर्ने भएकोले हिउँदको समयमा खोलैखोला भएर हिडे पनि भर्खाको समयमा भने खोला ठुलो हुने भएकोले ६नम्बर बुधबारे क्षेत्रको बाटोबाट घुमेर यात्रा गर्नु पर्ने बाध्यता रहदै आएको थियो ।

सडक ठेक्का प्रक्रियामा लाग्ने कुरा सुनेपछि स्थानीयहरू समेत खुसी छन् । स्थानीय कोपिल राई भन्नुहुन्छ – हामि हिउँदको समय बाहेक बर्खा दुखबिराम भएमा पनि बोकेर नै दमक ल्याउनु पर्ने बाध्यता छ । बर्खाको समयमा पानि परेर बाटो बिगार्ने भएकोले गाडि चल्दैन अनि कोहि बिरामी भयो र अस्पताल लानु पर्याे भने बोकेर नै लानु पर्थ्यो तर अब बाटो बनेपछि त्यो समस्या हट्ने बताउछन् । अधिकांश स्थानिय उपभोक्ताहरू समयमा नै काम सम्पन्न हुने कुरामा विश्वस्त छन् ।

निर्माण शुरु भएको करिब २ दशक पछि दमकदेखि चिसापानी सम्मको सडकको बिस्तृत अध्ययन(डिटेल सर्वे) समेत २ बर्ष अघि भएको थियो । सडकलाई बहुबर्षिय योजनामा पारेको केहि समयपछि पुरै सडक कालोपत्रेका लागि आएको बजेट र बोलपत्रे आह्वान समेत गरिएको र यस कार्य गर्नका लागि सहयोग गर्ने सबैप्रति उपभोक्ता समितिका अध्यक्षा गगन पुरीले आभार प्रकट गरे

Facebook Comments Box