शुभलक्ष्मीको वार्षिक प्रतिवेदन सार्बजनिक – नाफा दोब्बर

गौरादह, २६ भदौ । झापाको शुभलक्ष्मी सहकारी संस्था लिमिटेड गौरादहले वार्षिक प्रतिबेदन सार्वजनिक गरेको छ । प्रतिबेदनका अनुसार गत बर्षको तुलनामा खुद नाफा ८६ लाख ६६ हजार बढी देखिएको छ ।


आर्थिक बर्ष ०७४। ०७५ मा कुल नाफा १ करोड ११ लाख ६७ हजार भएकोमा आर्थिक बर्ष ०७५। ०७६ मा यस सहकारीले दोब्बर नजिक १ करोड ९८ लाख ३३ हजार कुल नाफा गरेको हो ।
असोज ४ गते शनिबार सम्पन्न हुने २१औं वार्षिक साधारण सभामा पेश गर्ने सो वार्षिक प्रतिबेदन सहकारीको सभा हलमा एक कार्यक्रमका बीच संस्थाक अध्यक्ष प्रकाश कार्कीले सार्बजनिक गरेका हुन ।
शाधारण सभामा सहभागिहुने शेयर सदस्यलाई कार्यलयबाट सार्बजनिक गरेकै दिनदेखि वार्षिक प्रतिवेदन वितरण समेत गरिदै गरेको ब्यवस्थापक तिलक बहादुर कार्कीले बताए ।
४८ पृष्ठको वार्षिक प्रतिवेदनमा संस्थाको बिस्तृत प्रगति बिवरण तथा अध्यक्ष, लेखा सुपरिवेक्षण समिति, कोषध्यक्ष एवं लेखापरीक्षकको प्रतिवेदन समावेश गरिएको छ ।
प्रतिवेदनमा उल्लेख गरिएको आर्थिक बर्ष २०७६। ०७७ का लागि प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययन गरी सेयर सदस्यहरुबाट साधारण सभामा रचनात्मक सल्लाह सुझाबको अपेक्षा समेत गरिएको अध्यक्ष कार्कीले बताए ।
अध्यक्ष द्वारा सार्वजनिक गरिएको आर्थिक प्रतिबेदनमा आर्थिक बर्ष २०७५।०७६ सम्ममा संस्थामा २८ सय २० सेयर सदस्यहरु रहेका छन् । कुल सेयर पुजी ७ करोड २१ लाख १३ हजार ८ सय रहेको जानकारी गराएका थिय । २०७६ असार मसान्तसम्म वासलत ५८ करोड ६५ लाख ७० हजार ९४ रहेको छ
अनलाइन विचारबाट