पत्रकारको राष्ट्रिय सम्मेलन विराटनगरमा हुने

विराटनगर, मङ्सिर २६ गते / नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पुस ४ र ५ गते विराटगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय सम्मेलनलाई भव्य, व्यवस्थित तथा सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।


नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतमका अनुसार उक्त सम्मेलनमा देशभरिका नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष, महासचिव र शाखा अध्यक्षको सहभागिता रहने छ ।
मङ्गलबार बसेको व्यवस्थापन समितिको बैठकले सम्मेलनलाई सफल बनाउन सबै शाखालाई आ–आफ्नो क्षेत्रबाट योगदान दिन आह्वानसमेत गरेको छ । (रासस)
Facebook Comments Box