विराटनगर  /  प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो । सत्ता गठबन्धनमा ६० मत रहे पनि सत्ता गठबन्धन बाटै माओवादीका बाबुराम गौतम हिजो मात्रै सभामुखमा निर्वाचित भएका थिए ।
विपक्षी गठबन्धनमा काँग्रेस र एकीकृत समाजवादीका ३३ सांसद रहे पनि काँग्रेसका १ सांसद उपस्थित भएका थिए ।
नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता कार्की यही पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनी नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए।
एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद सत्ता गठबन्धनमा छन् भने विपक्षी गठबन्धनमा काँग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद रहेका छन् । विश्वासको मत लिएपछि सरकारले गति लिने र मन्त्रीपरिषदले पनि चाडै पुर्णता पाउने ममुख्यमन्त्री कार्कीले बताएका छन ।

Facebook Comments Box