पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानले निःशुल्क सीपमूल्क तालिम शुरु

दमक/  झापाको दमकमा पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानले निःशुल्क सीपमूल्क तालिम शुरु गरेको छ । विहीबारदेखि मोवाइल टेक्नीशियन र जुनियर प्लम्बिङ्गको तालिम प्रतिष्ठानले शुरु गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)द्वारा सम्बद्र्धन प्राप्त यस प्रतिष्ठानले यसै बर्ष देखि डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जना र डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङमा ४८ जना विद्यार्थी पढाईरहेको अध्यक्ष तिर्थ बस्नेतले जनाएका छन् ।
२०/२० जनालाई ३ महिनामासम्म प्रशिक्षण दिईने उक्त कार्यक्रम सिटिइभीटीले संचालन गरेको हो भने व्यवस्थापन प्रतिष्ठानको रहेको प्रतिष्ठानले जनाएको छ । गैरनाफामूलक संस्थाको रुपमा स्थापना गरिएको प्रतिष्ठानले निम्न आयस्तर भएकाहरुलाई प्रोत्साहन गर्न यस्तो खालको तालिमहरु संचालनमा ल्याउने अध्यक्ष बस्नेत बताउँछन् ।
दमक १ निवासी २६ बर्षीइ पुष्पराज बस्नेत र २० बर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका थिए ।

शनिबार, २९ फागुन, २०७७, बिहानको ०९:४० बजे

सम्बन्धित खवर