बादलसहितका मन्त्रीलाई सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौं, फागुन २९ /  नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादीको तर्फबाट मन्त्री बन्नेहरुमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु शाह, मणि थापा र दावा लामा रहेका छन् ।

शनिबार, २९ फागुन, २०७७, बिहानको १०:२६ बजे

सम्बन्धित खवर