बैशाख १ गते रिभर भ्यु रिसोर्टको भब्यरुपमा ओपनिङ हुँदै , पहिलो प्रस्तुति इन्दिरा जोशीको

बैकल्पिक खवर

झापा / झापाको कमल ५ स्थित रिभर भ्यु रिसोर्टको ओपनिङ भोलि बैशाख १ गते भब्यरूपमा हुने भएको छ । दमक २ का राजनीतिक , सामाजिक तथा व्यवसायिक व्यक्तित्व रुद्र कार्कीले करोडौं रुपैयाँको लगानीमा दमकसंगै जोडिएको कमल ५ स्थित रतुवापुल नजिकै सञ्चालनमा ल्याउन लागेका हुन । उक्त रिसोर्ट ओपनिङको सम्पुर्ण तयारी पुरा भएको संचाल कार्कीले जनाएका छन ।
भोलि भब्य सास्कृतिक कार्यक्रमका बिच सो रिसोर्टको उद्घाटन हुन लागेको हो । भोलीको ओपनिङ समारोहका लागि चर्चित गायिका तथा नेपाल आइडलको जर्ज समेत रहेकि इन्दिरा जोसि आउने कार्यक्रम रहेको छ । उक्त रिसोर्ट ओपनिङको पहिलो प्रस्तुति इन्दिरा जोशिको रहने आयोजकले जनाएको छ

त्यहाँको करिब अढाई बिगाहा क्षेत्रफलसहित करिब ५० करोड रुपैयाँको लगानीमा रिभर भ्यू हेरिटेज एण्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन । नयाँ बर्ष २०७८ को पहिलो दिन बैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको सो रिसोर्टको औपचारिक उदघाटन गर्ने तयारी भने गरिएको छैन ।
औपचारिक उदघाटन नगरी रिसोर्ट सञ्चालनमा भने आउने सञ्चालक कार्कीले बताए । आज ( शनिबार) रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार सो रिसोर्ट भित्र बालबालिकादेखि बृद्धबृद्धा सम्मका लागि मनोरम दृश्यहरु तथा रोचक र आधुनिक किसिमका खेल खेल्ने सुविधा उपलब्ध हुनेछ । त्यहाँको प्रमुख आकर्षकका रुपमा झण्डै एक लाख बोतलको प्रयोगद्धारा निर्माण गरिएको बोतल हाउस रहेको छ । त्यस किसिमको ठुलो र दुई तलाको बोतल हाउस देशका कुनै पनि ठाउँमा नभएको दाबी सञ्चालक कार्कीले गरेका छन । वातावरणीय हिसाबले पनि बोतल हाउस निक्कै मनोरम र स्वास्थ्यवद्र्धक रहेको उनको भनाई छ । त्यस्तै आकर्षक झरना, नेपाली मौलिकता झल्किने र आधुनिक मनोरञ्जनका साधनहरु रिसोर्टमा थप आकर्षणका रुपमा रहेका छन ।


रिसोर्ट सञ्चालनको अवसरमा शुभकामना आदनप्रदानका लागि शुभचिन्तक तथा संगितप्रेमीहरुलाई निमन्त्रणा आव्हान गरिएको कार्कीले बताए । सो रिसोर्टमा १ बैशाखमा चर्चित गायिक इन्दिरा जोशीको प्रस्तुति साथ मनोरञ्जन लिन सकिने जनाइएको छ । त्यस्तै ३ बैशाख र ७ बैशाखमा गायक प्रमोद खरेल, मेलिना राई जस्ता चर्चित राष्ट्रिय कलाकार तथा अन्य दिनहरुमा सात दिन सम्म स्थानीय अन्य कलाकारहरुको प्रस्तुति पनि रहने जनाइएको छ ।

मङ्गलबार, ३१ चैत, २०७७, साँझको ०७:११ बजे

सम्बन्धित खवर