दमक/ दमक स्थित ग्लोवल एजुकेसनल एकेडेमीले  बृहत शांस्कृतिक कार्यक्रम तथा विज्ञान प्रर्दशनी भब्यरुपमा सम्पन्न गरेको छ चैत्र २८ र २९ गते सम्पन्न सो कार्यक्रममा बृहत शांस्कृतिक कार्यक्रम, विज्ञान प्रर्दशनी, चित्रकला प्रर्दशनी, तथा फुड फेष्टिभल जस्ता कार्यक्र्रम आयोजना गरेको थियो । संस्थाका अध्यक्ष खेम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नपा ६ का वडाध्यक्ष टेकबहादुर थापाले नीजि शैक्षिक क्षेत्रमा भइरहेको चौतफी प्रहारका वावजुद पनि ग्लोवलले सैदान्तिकमात्र नभइ प्रयोगात्मक र ब्यवहारिक शिक्षामा जोड दिँदै समग्र शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताए । कार्यक्रमका विशेष अतिथि हिसान झापाका अध्यक्ष सुरेशबहादुर पौडेलले ग्लोवल नै विद्यार्थीको पहिलो रोजाइ हुनुको कारण आजका काम र विद्यालयको परिणामले प्रष्ट पारेको बताए ।


कार्यक्रममा विद्यालयका प्राचार्य गुणराज अधिकारीले समय सापेक्ष सुधार सहितको शिक्षा प्रणाली मार्फत विद्यार्थीहरुको चौतर्फी विकासमा ग्लोवल सँधै प्रतिवद्द रहेको बताए । विद्यालयले मण्टेश्वरी ल्यावसहितको कक्षा सञ्चालन, गतिविधी एस एम एस प्रणालीबाट दिने र स्मार्ट कक्षाको सञ्चालन यसै शैक्षिक सत्रवाट शुरु गर्ने जनाएको छ । सो कार्यक्रममा विद्यार्थीहरुको परिक्षाफल प्रकाशन गर्नूकासाथै विभिन्न प्रयोगात्मक र प्रदर्शनीमा सहभागीलाई पुरस्कृत समेत गरिएको थियो ।

Facebook Comments Box