जेठ ३०, २०७६ संखुवासभा
संखुवासभाको नगरपालिका –१ मा खाँदबारी नगरपालिकाको संयोजनमा र घरेलु तथा साना उद्योग विकास समिती आयोजनामा मेसिनद्वारा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ। सात दिनसम्म सञ्चालन भएको तालिममा मेसिनको प्रयोगबाट दुना टपरी बनाइएको थियो। आयआर्जन गरेर आत्मनिर्भर बनाउन उद्देश्यले नगरपालिका–११ वटै वडाका महिलालाई दुना–टपरी बनाउन सिकाइएको थियो। कार्यक्रमका प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख मेयर मुरारी खतिवडाले बेरोजगार महिलाहरुलाई उत्पादनमा जोडेरे गाउँमै रोजगारी सिर्जना गर्न नगरपालिकाले दुना–टपरी बनाउन मेशिन सहुलियतामा दिन बताए।

Facebook Comments Box