१ अर्व ४५ करोड बजेट पारित गर्दै दमकको नगरसभा सम्पन्न – पत्रकार टिकाराम उप्रेती सहित ८ सम्मानित

दमक / दमक नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गर्दै आफ्नो पाँचौं नगर सभा सम्पन्न गरेको छ । नगर पालिकाका हिजोे शुक्रबार सम्पन्न नगरसभाले सो वजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न भएको नगर सभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गीता अधिकारीले प्रस्तुत विनियोजन विधयेक २०७६ नगर सभाले सर्वसम्मत पारित गरेको छ ।


नगर उपप्रमुख अधिकारीले प्रस्तुत प्रतिवेदन, दमक ६ का वडा सदस्य तथा लेखा समितिका संयोजक लक्ष्मी प्रसाद दाहालले प्रस्तुत गरेको लेखा प्रतिवेदन र दमक ८ का वडाअध्यक्ष तथा सुशासन समितिका संयोजक पशुपति राज गौतमले प्रस्तुत प्रतिवेदन पारित गरेको छ । नगर सभाले दमकमा रहेर विभिन्न क्षेत्रमा योगदान पर्याउने ८ जनालाई सम्मान गरेको छ । नगर प्रमुख ओलीले ८ जनालाई समान पत्र , नगद २० हजार सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सम्माति हुनेहरुमा प्रेस संगठन नेपाल झापाका नेता साविक प्रेस सेन्टरका जिल्ला अध्यक्ष, झापा पोष्ट दैनिकका सम्पादक तथा गोरखा पत्र दैनिकका झापा प्रतिनिधि टिकाराम उप्रेती, पूर्व प्रधानपञ्च धन बहादुर श्रेष्ठ, हिमालय मावि दमकका पूर्व प्रधानध्यापक तथा शिक्षक क्षेत्रका अभियान्ता छविलाल शर्मा सिटौला र हिमालय मा वी कै पूर्व प्रधानध्यापक बिदुर खतिवडा रहेका छन ।
त्यसैगरी नगरसभाले १ सय ८ पटक रक्तदान गरेका रक्तदाता तथा अभियन्ता राजकुमार श्रेष्ठ, उत्कृष्ट करदाताको रुपमा लाइफ लाइन अस्पताल दमकका गणेशकुमार श्रेष्ठ र कल्पना सुवेदीलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ । नगरसभामा बोल्दै नगर प्रमुख ओलीले नगरको बिकासमा सबैले आफनो ठाउँबाट सहयोग गर्नु पनि नगरवासीलाई आग्रह गरे