ललितपुर । समाजवादी पार्टी्निकट समाजवादी आदिवासी जनजाति महासंघ घोषणा गरिने भएको छ । यही भदौ ३० गते ललितपुरको दिखेदेवलस्थित यलखिम पार्टी प्यालेसमा औपचारिक घोषणासभा गरिनेछ ।

तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी्बिच एकता भएपछि दुवै पार्टी्निकट आदिवासी जनजाति संगठनको समायोजन गरी महासंघ घोषणा गर्न लागिएको हो ।महासंघको अध्यक्ष संघीय समाजवादी फोरमबाट चन्द्रविक्रम राई र महासचिव नयाँ शक्तिबाट टेकम बाठा मगर हुनेछन् ।

दिउँसो १२ बजेदेखि सुरु हुने घोषणासभामा समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई वक्ताको रुपमा रहनेछन् ।कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुद्वारा विविध सांस्कृतिक प्रस्तुतिका साथै जातीय पहिचान झल्कने मौलिक झाँकी समेत प्रदर्शन गरिनेछ ।

Facebook Comments Box