माघे सक्रान्तिमा खाने विभिन्न परिकारमध्ये सबैको आफ्नो आफ्नै महत्व र विशेषता रहेका हुन्छन् । धार्मिक आस्थासँग जोडोर होस वा अन्य कारणबाट माघे सक्रान्तिमा खाने परिकार स्वास्थ्यका दृष्टिले विभिन्न फाइदा हुने गर्दछ । माघीमा खाईने पहिला परिकार भनेको तरुल पनि हो । कोही स्वादको लागि तरुल खान्छन् त कोही पेट भर्नको लागि तरुल खान्छन् । मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो । कोरिया र जापानमा सदियौं देखि यसलाई आयुर्वे्दिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ ।

तरुल खानुको फाइदाहरु यसप्रकार छन
–छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो मानिएको छ ।
– यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
–तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
–यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
–तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
–यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

सखरखण्ड खानुका फाइदा
जाडोमा शरीरलाई न्यानो बनाउन खाइने सखरखण्ड स्वास्थ्यका लागि निकै लाभदायक कन्दमूल हो । सखरखण्डमा पाइने क्यालोरी स्टार्च, फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिनले मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व प्रदान गर्दछ । रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ । यसमा स्टार्च हुने भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ । यस्तै फोलेट, आइरन, म्याग्नेसियम, कपर, भिटामिन आदि पनि प्रशस्त पाइन्छ ।

त्यस्तै, छालामा चाउरीपना आउँन दिँदैन र सखरखण्डले छालामा चमक आउँछ । छालामा पुनर्ताजगी ल्याउन मद्दत गर्छ । छालामा चाउरीपना आउँन दिँदैन । त्यस्तै डायट्री फाइबर र कार्बोहाइड्रेट बढी मात्रामा हुने हुँदा रगतको मात्रा बढाउँन सहयोग पु¥याउँछ, यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ, मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ,रक्तचाप नियन्त्रण गर्न सखरखण्डको सेवन लाभदायक मानिन्छ, रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ र इन्सुलिन बढ्दैन, यसमा भएको पोटेसियमले स्नायु प्रणालीको सक्रियतालाइ राम्रो बनाइराख्नुका साथै मिर्गौंलालाई स्वस्थ राख्न सहयोगी भूमिका निभाउँछ, यसमा प्रशस्त मात्रामा भिटामिन बी–६ पाइने हुँदा शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ, यसमा भिटामिन डी प्रशस्त हुन्छ । यसका कारण हाड, दाँत, नशा, छालाको लागि यसको फाइदाजनक मानिन्छ, भिटामिन ए पनि प्रशस्त पाइने हुनाले आँखा तेजिलो बनाउन मद्दत गर्दछ ।

Facebook Comments Box