बैंकहरुले मानसिक टसर दिएको पिडितहरुको गुनासो

दमक / दमकका बैंक कर्जा पिडितहरुले बैंकहरुले मानसिक टसर दिएको गुनासो गरेका छन् । कर्जाको भार सम्हाल्न नसकेर ब्यवसायी विचलित हुँदासमेत बैंकहरुले टसर दिन नछाडेको बताए । शनिवार बैंकका कर्जा पिडित एकता मञ्च दमक नामको संस्थाले दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर बैंकहरुले ब्यवसायीका समस्या बुझ्न नसक्दा कर्जा लिएका ब्यवसायीहरु घरबारविहिन हुनुपरेको गुनासो गरेका छन् । मञ्चका अध्यक्ष विक्रम ताजपुरियाले बैंकले मनोमानी ढंगले घरजग्गा लिलामी गरिदिने र प्रतिष्ठामाथिनै आँच आउने गरि धम्की दिइरहेको भन्दै कर्जापिडितहरुलाई बहुलाउनु न मर्नको अवस्थामा नपु¥याउन बैंकहरुलाई आग्रह गरेका छन् ।
मञ्चका सचिव रामप्रसाद नेपाल –उपाध्याय)ले कर्जापिडितको घाँटी दबाएर पैसा ननिस्कने भएकाले बैंकलाईपनि असर नपर्नेगरि निकास खोज्न सरकारसँग आग्रह गरेका छन् । उनले भने. –‘कोरोनाकालमा ब्यवसाय चौपट भयो, यो कसैले चाहेर भएको होइन, श्रीमति, बुहारी र छोरीका गरगहना बेचेर पनि बैंकको ऋण तिर्न तयार हुँदापनि बैंकको तागति र अमर्यादित ब्यवहार, धम्की र अपमान भइरहेको छ, यो सहन सकिएन ।’ मर्नु कि बाँच्नुको अवस्थाबाट कर्जा पिडितहरु मुक्त हुनुप¥यो उनले भने हामी निकास खोज्ने नै पक्षमा छौं तर बैंकले धर्य गर्नुपर्यो ।
दमकमा विभिन्न बैकहरुले गर्दै आएको तागता र धम्की सहन नसकेर दिनानुदिन कर्जावालाहरु करबार विहिन हुन थालेका छन् भने कतिपयले आत्महत्या समेत गरिरहेका छन् ।

