बसमा बम हमलाः २० को मृत्यु

एजेन्सी
ईरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तीमा २० रिभोलुश्नरी गार्डको मृत्यु भएको छ । इरानको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो । हमलाकर्ताले सिस्तान–बलूचिस्तान प्रान्तमा खाश–जहेदान सडकमा रिभोलुश्नरी गार्डलाई लैजादैं गरेको बसलाई निशाना बनाए । इरना समाचार एजेन्सीले स्रोतको हवाला दिँदै उक्त घटनामा अन्य २० सुरक्षाकर्मी घाइते भएको जानकारी दिएको छ । सुन्नी मुस्लिम चरमपन्त्री समूह जैश अल–अद्लले यो हमलाको जिम्मेवारी लिएको छ । जैश अल–अद्ल समूहले सन् २०१२ मा उनीहरु इरानको सुन्नि मुश्लिमको अधिकारका लागि लड्ने भन्दै हतियार उठाएका थिए । संगठनले देशको शिया तन्त्र सुन्निहरुलाई भेदभाव गर्ने आरोप लगाउँदै आएको छ ।


यो समूहले हालै सिस्तान–बलूचिस्तानमा विभिन्न हमला गरेका छन् । यो इलाकामा सुन्नी बलूची समुदायको जनसंख्या धेरै छ ।
कसरी भयो हमला ?
रिभोलुश्नरी गार्डको दक्षिण–पूर्वी शाखाको तर्फबाट जारी बयानमा भनिएको छ – बुधबार जतिबेला एक युनिट पाकिस्तानी सीमाबाट फर्किरहेको थियो, त्यति बेला उनीहरुको बस नजिकै बिस्फोटकले भरिएको कारमा बिस्फोट भयो ।