आजको राशिफल चैत १ गते आइतबार

श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत १ गते आइतबार, १४ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको प्रतिपदा तिथि १७ः२० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरभाद्र २ः३० बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः१४ र सूर्यास्त ६ः११ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

नयाँ कामको थालनीले व्यापार–व्यवसायमा राम्रो हुनेछ । पढाइमा उन्नति प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । इष्टमित्रहरूको सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । पढाइमा भन्दा मनोरञ्जनमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समय राम्रो छ । तारिफयोग्य कामले मन प्रसन्न रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्ला । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेमसम्बन्धमा सफलता मिल्नेछ । व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दूध तथा कृषिजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ रहला । मिष्ठान्न भोजनको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । उद्योग र व्यापारमा वृद्धि होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारबाट राम्रै लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले कीर्तिमानी दिलाउनेछ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आवश्यकता पूरा गर्न कर्जा लिनुपर्ला । दिगो आयमूलक कामको थालनी गर्न पनि सकिनेछ ।

आइतबार, ०१ चैत, २०७७, बिहानको ०८:५२ बजे

सम्बन्धित खवर