पेन्सन लिन हिँडेका वृद्ध मृत भेटिए

ओखलढुंगा / ओखलढुंगाको मोलुङ गाउँपालिका-५, का एक वृद्धको शव फेला परेको छ।

फागुन १६ गते पेन्सन लिन घरबाट निस्केका ६६ वर्षीय शंकर तामाङ मृत भेटिएका हुन् । प्राप्चाको पाखाबारी गोरेटो बाटो नजिक शनिबार मृत अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

फागुन १६ गते घरबाट निस्केपनि तामाङ फर्किएका थिएनन्‌ । उनलाई बिहीबार पाखाबारीका स्थानीयबासीले देखेको बताएका छन्‌।

शुक्रबार बेलुका मादक पदार्थ सेवन गरेर घर फर्कने क्रममा उनको लडेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

बाटोबाट करिब ३० मिटर तल लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको थियोे। प्रहरीले मृतकको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

आइतबार, ०१ चैत, २०७७, दिउँसोको ०२:१५ बजे

सम्बन्धित खवर