सातौ दमक फुड फेस्टिबल सम्पन्न : ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति संगै पत्रकार उप्रेती सम्मानित

बैकल्पिक खवर

दमक / झापाको दमकमा आयोजित सातौ दमक फुड फेस्टिवल २०७७ सम्पन्न भएको छ । ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति संगै पर्यटनको क्षेत्रमा योगदान पुर्याए बापत पत्रकार टीकाराम उप्रेती लाई सम्मान गर्दै हिजो फागुन २९ गते सातौं दमक फुड फेस्टिबल सम्पन्न भएको हो ।

होटल व्यवसायी संघ दमकको आयोजनामा फागुन २३ देखि फागुन २९ गतेसम्म दमकको पशुहाटमा फुड फेस्टिबल आयोजना गरिएको थियो ।सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार भएको प्रचारप्रसार संयोजक काजी राउतले बताए ।

दमक क्षेत्रको आर्थिक , सामजिक तथा साँस्कृतिक बिकासका लागि आन्तरिक , धार्मिक, पर्यटकीय तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरि दमक क्षेत्रलाई आन्तरिक पर्यटन भित्र्याउने लक्ष्यको साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक भुपेन्द्र प्रसाद न्यौपानेले जानकारी दिए ।

फेष्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । सो अवसरमा विभिन्न बिधाका कलाकारहरू सन्दिप क्षेत्री , भिटेन, ज्योति मगर लगायतले दैनिक प्रस्तुति दिएका थिए । कार्यक्रम समापनको अवसरमा पत्रकार टीकाराम उप्रेतीलाई दमक पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरियो । संघले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

महोत्सवमा दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्रि , चिया प्रदर्शनी , ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरु द्वारा दैनिक साङ्गितिक कार्यक्रम , स्थानीय भेषभुषा झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम , विभिन्न जातजातिको खानाको परिकारहरुको स्टलहरु महोत्सबको आकर्षक रहेका थिए ।
दमक फुड फेस्टिबल सभ्य र भब्यरुपले सम्पन्न भएको आयोजक होटेल ब्यावसायी संघ दमकले जनाएको छ । सो अवसरमा अध्यक्ष राजन दङगालले सरोकारवाला , प्रायोजक , सह प्रायोजक, सहयोगी तथा सुभचिन्तक सबैलाई संघको तर्फबाट हार्दिक आभार प्रकट गरेका छन ।

आइतबार, ०१ चैत, २०७७, रातीको ०९:०० बजे

सम्बन्धित खवर