पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम पौडेलको निधन भएको छ। पौडेलको हृदघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए। उनको चितवनको माडीमा रहेकाे आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हाे। पौडेल पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए। पाैडेलका दुई छाेरी र श्रीमती छन्।


Facebook Comments Box