डाक्टर बाबुराम भट्टराई र हिषिला यामीको एक मात्र छोरी मानुषी भट्टराई अहिले आफ्नो राजनीतिक अस्तित्त्व बनाउनका लागि बुवा आमाको पथमा हिड्दै छिन् । बुवाको पार्टी समाजवादी पार्टी नेपालको संगठन निर्माण देखि प्रचार प्रसारमा व्यस्त छिन् । राजनीतिक कार्य संगै आफ्नो जीवन गुजाराका लागि पढाउने पनि गरेकी छिन ।

मानुषीले बुवा आमा जनयुद्दका बेला भूमिगत हुदा आफुले पाएको दुख कष्टका दिन सम्झिदै देशमा बिकासको लागि आफुले बालापनमा बुवा आमाको माया स्नेह त्यागेको कुरा बताईन । क्यानाडा नेपालका लागि मनोज मानव संग कुराकानी गर्दै मानुषीले बुवा आमाको योगदानको कदर आउने सन्ततिले पनि गर्नुपर्ने कुरा उल्लेख गरिन ।

डाक्टर बाबुराम भट्टराई लाई लागेका आरोपहरु बारे खण्डन गर्दै मानुषी भन्छिनस् ‘बुवा एक पटक अर्थ मन्त्रि हुनु भयो र एक पटक प्रधानमन्त्रि भई सक्नु भएको छ । अब वहाँ लाई यो भन्दा बढि के हुनु बाकि छ र तर पनि देश विकासको लागि रात दिन कुदी रहनु भएको छ । वहाँ लाई सम्पति कमाउन भन्दा देश विकास होस र जनताको जीवन स्तरको बृद्दी होस् भन्ने सपनामा कुदिरहनु भएको छ । त्यसैले उहालाई आरोप लाउनेहरु कल्पना गरेर लाउछन तर वहाँको नजिक बसेर हेर्नुहोस कति सरल हुनुहुन्छ भनेर ।’

डाक्टर बाबुराम भट्टराई र प्रचण्ड बीच गोप्य रुपमा सहकार्य रहेको चर्चा पनि गाईगुइ चलेको बेला यहि प्रश्न गर्दा मानुषीले भनिन्स् यस्तो हल्लाको पछि लाग्नु भन्दा तथ्यमा रहेर कुराकानी गर्दा उचित होला । यहाँ कल्पना गरेर कथाहरु रचेर हल्ला गर्छन र चरित्र हत्या गर्न खोज्छन । अहिलेको अवस्थामा बुवा पार्टीको संरचनामा व्यस्त हुनु हुन्छ यो बाहेक आएका अरु हल्लाहरु हल्लै हुन् र विश्वास नगर्दा हुन्छ ।’

Facebook Comments Box