ब्यावसाय संगै सामाजिक क्षेत्रमा पनि सक्रिय – मोहन ढकाल

मोहन ढकाल ब्यावसायीक क्षेत्रमा चिरपरिचित तथा स्थापित नाम हो । पुर्वको दमकलाइ कर्मथलो बनाएर निरन्तर व्यावसायीक क्षेत्रमा क्रियाशील ढकाल पेशाले होटल ब्यावसायी हुन । आसामको आलीनगरमा बुबा रेवतीराज ढकाल र आमा आत्मादेवी ढकालको दोस्रो सन्तानको रुपमा २०३१ सालमा जन्मिएका ढकाल आफनो ब्यावशायीक करीअर खाज्ने क्रममा आज भन्दा करिब ३६ बर्ष पहिला परिवारको साथमा झापाको दमक आएका थिए । रहदै बस्दै गर्दा उनले दमकलाइ नै आफ्नो कर्मथलो बनाउने निधो गरे र आफ्नो ब्यावसायीक यात्रा होटल ब्यावसाय बाट सुरु गरे ।
दमकमा ब्यावसायीक रुपमा होटल संचालन गर्ने पुराना ब्यावसायी भित्र पर्दछन ढकाल, अझ भन्दा दमकमा ब्यावसायीक ?पमा होटलको सुरुवात गर्ने श्रेय नै ढकाल लाइ जान्छ । हाल दमकमा ब्यावसायीक रुपमा संचालनमा रहेका दमक गष्ट हाउस , मनकामना , कामक्ष , गोरखा , होटल हाइ वे , कलश , लगायतका होटलहरुको सुरुवात ढकालले नै गरेका थिए । ढकाल भन्छन होटल ब्यावसायमा रस भिजेपछी अरु ब्यावसायको बारेमा सोच्नै सकिएन । यस क्षेत्रमा निरन्तर संर्घष गर्दै अगाडी बढिरहेका ढकालको हाल दमक ८ स्थीत सेतुमारी रोडमा होटल कत्यायानी , र उर्लाबारी – ४ मा होटल हेरीटेज एण्ड रिसोर्ट संचालनमा रहेका छन । यी दुवै होटल दमक तथा उर्लाबारी क्षेत्रकै उत्कृष्ट र सुविधा सम्पन्न मानिन्छन । ब्यवस्थीत होटल ब्यावसाय संचालनका लागी समाजले हेर्ने दृष्टिकोण र दक्ष जनशक्तीको अभाब नै अहिलेको मुख्य चुनौति रहेको ढकाल बताउछन । होटल ब्यावसायलाइ औद्योगीकरण गर्ने र पर्यटन संग जोड्ने हो भने यो ब्यावसाय प्रतिको राज्यको दृष्टिकोणमा परिर्वतन हुनुपर्ने धारणा उनको रहदै आएको छ ।
सामाजिक क्षेत्रमा पनि उक्तिकै सक्रिय
सामान्यतया यो ब्यावसायमा संलग्न व्याक्तिहरु सामाजिक क्षेत्रमा खासै अगाडी बढेको पाँइदैन , किनभने यो प्रकृतिको ब्यावसायमा प्राय संचालकह? प्रतक्ष्यरुपमा नै संलग्न भएको पाइन्छ । तर मोहन ढकाल भने सामाजिक क्षेत्रमा पनि उक्तिकै सक्रिय रहेका छन . ढकाल , जेसिस, होटल ब्यावसायी संघ माइ पश्चिम क्षेत्रिय समितिको सह–सचिब , उर्लाबारी होटल तथा पेय पदार्थ संघको उपायक्ष , नेपाल रेडक्रस सोसाइटी , रोटरी क्लब अफ दमक को संस्थापक सदस्य हुदै रोटरी क्लब अफ दमक बर्ष सन २०१८÷१९ को अध्यक्ष हुंदै बिभिन्न सामाजिक क्षेत्रमा बिभिन्न जिम्मेवारीकमा रहेर आफ्नो सामाजिक दाइत्व पुरा गरीरहेका छन ।


उनले बिभिन्न सामाजिक संघसंस्थामा रहेर धेरै कामहरु गरेका त छन नै ति मध्ये पनि उनले रोटरी क्लब अफ दमकको अध्यक्ष हुँदा केही यस्ताकामहरु गरेका छन , जुन कामलाइ दमकले जहिल्यै सम्झिरहने छ ।
रोटरी क्लब अफ दमकको अध्यक्षको रुपमा ढकालको कार्यकाल
मोहन ढकाल दमकमा रोटरी क्लब स्थापना गर्ने मध्येका एक हुन । सन २०११ मा क्लब स्थापना देखी निरन्तर सक्रिय रहेका ढकाल सन २०१८÷१९ का लागी अध्यक्ष चुनिए । उनि अध्यक्ष हुनु पुर्व क्लबले खासै चर्चापरिचर्चा पाएको थिएन । नेतृत्वमा आएपछी उनले केही महत्वपुर्ण कामहरु गरे जसले गर्दा दमकमा रोटरी ब्लब एउटा महत्वपुर्ण सामाजिक संस्थाको रुपमा स्थापित हुन पुग्यो । जब श्री कृष्ण रथयात्रामा उनको नेतृतवको रोटरी क्लबले सरसफाइ समितिको संयोजकको जिम्मेबारी कुशलता पुर्बक र्निवाह गर्यो तब देखी रोटरीको चर्चा सरु भयो । त्यसपछी दखी दमकमा हुने प्राय सबैजसो कार्यक्रममा रोटरी ब्लब दमकले सरसफाइ समितिको जिम्मा पाइरह्यो । संगसंगै ब्लवले सहकारी , उद्योग वाणिज्य संघ , दमक नगरपालीका , रेडक्रस, लगायतका संस्थाह? संग मिलेर बिभिन्न रक्तदान , डस्टविन बितरण , बिभिन्न क्षेत्रका जनताको स्वास्थ्य जाँच , बिभिन्न प्राणघातक रोगह?को बारेमा सचेतना कार्यक्रम , स्वास्थ्य सिविर , असाह्य तथा वृद्धवृद्धाह?को उपचारमा सहयोग , प्रहरी कार्यलय संगको सहकार्यमा अपराध न्य’निकरण सम्बन्धि जनचेतना , स्वास्थ्य क्षेत्रमा लामो योगदान प’र्याए वापत डा.भम्पा राइ लाइ सम्मान , शिक्षा क्षेत्रमा प’र्याएको योगदान बापत शिक्षासेवी छवीलाल सिटौलालाइ सम्मान , विभिन्न ठाँउमा विपन्न वालवालीका ह?लाइ न्यानो कपडा बितरण लगायतका सामाजिक कामह? सम्पन्न गर्यो । आफ्नो कार्यकालमा केही गरौँ भन्ने भाबना र क्लवका साथीहरुको सहयोग र सबैको मेहनतले आज सबैका सामु रोटरीले फरक पहिचान बनाएको ढकाल बताउछन ।
सम्झन योग्य काम
ढकालको रोेटरी क्लव अफ दमकको अध्यक्षको हैसियत भने भर्खर सकिएको छ । केही हप्ता अघिमात्र उनले आफ्नो कार्यकाल सफल?पमा प’रा गरेका छन . उनको यो कार्यकालमा क्लवले गर्ने नियमित काम बाहेक केही महत्वपुर्ण कामहरु गरेका छन, जुन कामलाइ दमकवासीले निरन्तर याद गर्ने छन ।
रोटरी क्लव अफ दमकले यहाँको आवश्यकतालाइ मध्यनजर गर्दै दमकमा डायोलाइसीस सेवा सचांलनमा ल्याउन लागेको छ । झण्डै ८० लाख रुपँयाको लागतमा बन्न लागेको यो प्रोजेक्ट लाइ दमक रोटरी डायलाइसीस सेन्टर नाम दिइएको ढकालले बताएका छन । एक पटक डा. भम्पा राइ लाइ केही सहयोग गर्न सकिन्छ कि भन्ने उदश्यले क्लवको नेतृत्वमा भेट्न जांदा डा. राइले सारै दुःखीत हुदै मेरो लागी सबै कुरा साथीभाइ हरुले सहयोग गरी नै राख्नु भएको छ , दमक तथा यो पुर्वी भेगका जनताको लागी एउटा डायलाइसिस सेन्टर यहाँ आवश्यक रहेको र त्यसका लागी कसैले पहल गरीदिए सबैलाइ हित हुन्थ्यो भनेपछी त्यो कुरा आप्mनो मनमा गहिरो गरी बिझेको र त्यसपछी निरन्तर क्लवले आफ्नो मुख्यालयमा निरन्तर पहल गरेको ढकाल बताउछन । यसको काम अन्तिम चरणमा अन्तिम चरणमा प’गेको बताउदै ढकाल भन्छन आगामी ४ महिना भित्रमा दमकको लाइफ लाइन अस्पतालमा दमक रोटरी डायलाइसिस सेन्टर मार्फत यो सेवा संचालनमा आउने छ ।
दमक चोकको दक्षिण तर्फ रोटरी टावरको स्थापना गरी क्लवले त्यो स्थान लाइ रोटरी चोक नामाकारण गरेको छ ।
ढकालले आफ्नो कार्यकालको अन्तिम दिनमै भएपनि उक्त टाबरको काम सम्पनन गरी दमक नगरपालीकाको उप मेयर गीता अधिकारी बाट उद्घाटन गराएका हुन । यसले रोटरीको पहिचानलाइ उच्च राख्ने ढकालको धारणा रहेको छ । त्यस्तै ढकालले आफ्नो कार्यकालमा दमक–९ स्थित जनता अधारभुत विद्यालयलाइ सुद्ध पिउने पानिको ब्यवस्था गरीदिएका छन । क्लवले गरेको यो काम बाट उक्त विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीले प्रतक्ष्य लाभ लीएका छन ।
यसैगरी रोटरी क्लव अफ दमकको अध्यक्षको हैसियतमा ढकालले दमक –८ स्थीत जनता आधारभुत विद्यालयमा स्क्रीन प्रोजेक्टर सहितको कम्प्युटर कक्षाको ब्यवस्था गरीदीएका छन । यसबाट जनता आधारभुत विद्यालयका झण्डै ३५० विद्यार्थीलाइ सहयोग पुगेको छ ।
यो सबै संचालीत कार्यक्रमहरुको उद्घाटन दमक नगरपालीकाको उपमेयर गीता अधिकारी बाट सम्पन्न भएको क्लवले जनाएको छ । आफ्नो कार्यकालमा रोटरी क्लव अफ दमकलाइ बिधिवतरुपमा जिल्ल प्रसासन कार्यलय झापामा दर्ता गराउन सफल भएका ढकालले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद दिदैं आगामी दिनमा पनि निरन्तर लागी रहने प्रंतिबद्धता व्यक्त गरेका छन ।