लेटाङका कृषक कफी खेती तालिममा

दमक, २8 मंसिर / मोरङको लेटाङमा ३ दिने कफी उत्पादन आधारभूत तालिम आज सम्पन्न भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नगरपालिकाको सहयोगमा गुर्दुम कृषि सहकारीले आयोजना गरेको तालिममा ५० जना कृषकहरुको सहभागिता रहेको थियो ।

यस क्षेत्रमा एउटै किसानले २ देखि ३ रोपनीसम्म कफी खेती गर्न सक्ने र कफीकोलागि वातावरणपनि अनुकुल भएकाले कफी खेती गर्न कृषक उत्साहित भएकोले राष्ट्रिय चिया तथा कफी विकास वोर्ड सदस्य भोजराज प्रधानले नीतिगत सहयोग गर्ने बताउनु भयो ।

गाउँपालिका उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको क्षेत्रीय कार्यालय विर्तामोडका कृषि प्राविधिक नविन कोइरालाले सहजीकरण गर्नुभएको थियो । तालिम सहकारीका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शुक्रबार, २८ मंसिर, २०७५, दिउँसोको १२:१६ बजे

सम्बन्धित खवर