भाग्यशाली सहकारीको उद्घाटन

दमक २८ मंसिर/ दमक ६ स्थित भाग्यशाली वित्तीय सहकारी संस्थाले गत २६ गते बुधबारवाट  कार्य शुभारम्भ गरेको छ । संस्थामा प्रारम्भमा नै ३ सय ३६ जना सेयर सदस्य सम्मिलित २ करोड २४ लाख ९० हजार ६ सय १९ रुपैयाँ सञ्चित पूँजी रहेको अध्यक्ष ईश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले सरकारको नियम अनुसार ५० हजार सेवा लिने सदस्यलाई विमा गरिदिने नियम रहेको बताउनु भयो । संस्थामा जीवनप्रसाद चौलागाईँ सचिव र सुदिप अधिकारी ब्यावस्थापक रहेको जनाइएको छ । यस संस्थाको कार्यालय दमक चोक उत्तर बेलडाँगी रोडमा रहेका छ ।

शुक्रबार, २८ मंसिर, २०७५, दिउँसोको १२:२१ बजे

सम्बन्धित खवर