विराटनगरलाई १९७ रनको चुनौती

मंसिर २८, २०७५ काठमाडौं / एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा चितवन टाइगर्सले बिराटनगर वारियर्सलाई १ सय ९७ रनको चुनौती दिएको छ।


त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनायो। यसअघिका तीन वटै खेल हारेको चितवनको यो अहिलेसम्मकै धेरै स्कोर हो।
चितवनका लागि इङ्ल्याण्डका जोन सिम्पसनले सर्वाधिक ७८ रनको योगदान गरे।
अहिले बिराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ। आजै हुने अर्को खेलमा काठमाडौं किंग्स इलेवेन र पोखरा राइनोज आमने सामने भएका छन्। काठमाडौंले अहिलेसम्म खेलेका २ मध्ये एक खेल जितेको छ भने पोखरालो तीनवटै खेल हारेको छ। पोखरालाई प्लेअफ प्रवेशको संभावना कायम राख्न जित्नै पर्ने दबाब छ।
Facebook Comments Box