नेपाल अाउने पर्यटककाे संख्यामा नयाँ रेकर्ड

मंसिर २८, २०७५ काठमाडौं : सन् २०१८ को पहिलाे ११ महिना मै नेपाल भित्रिने पर्यटकको संख्याले नयाँ रेकर्ड कायम भएकाे छ। नेपाल पर्यटन बोर्डको तथ्याङक अनुसार २०१८ को जनवरी देखी नोबेम्बरसम्ममा मात्रै हवाईमार्गबाट १० लाख १ हजार ९३० जना पर्यटक नेपाल घुम्न अाएका छन्।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले पर्यटकको संख्यामा बृद्धि भएको बोडले जानकारी दिएको छ । सो अबधिमा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएको छ । भारतबाट १ लाख ७८ हजार १ सय ३० जना पर्यटक नेपाल भित्रिदा चीन दोस्रो स्थानमा रहँदै १ लाख ३४ हजार ३६२ पर्यटक नेपाल भित्रिएको बोर्डले जानकारी दिएको छ ।
अक्टोबर र नोबेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिएको समेत बोर्डको भनाई रहेको छ । यसैगरी सो अबधिमा युरोपियन मुलुकबाट २ लाख २४ हजार २०६ जना पर्यटक नेपाल अाएका छन् । बेलायतबाट ५७ हजार पाँच सय पर्यटक अाउदा जर्नमीबाट ३४ हजार ४७९ जना पर्यटक नेपाल अाएका छन्। तेस्रो स्थानमा रहेको अमेरिकाबाट ८२ हजार ८७० जना पर्यटक नेपाल घुम्न आएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नेपाल भ्रमण गर्ने पर्यटक मध्य अष्ट्रेलियाबाट भने ३३ हजार ५२८ जनाले मात्रै नेपाल भ्रमण गरेका छन्।

