दमकको नमुना वजारमा आगलागी, ९ वटा पसल नष्ट

दमक,१ माघ / दमक -६ स्थित नमुना वजारमा रहेका नौ वटा पसलमा आगलागी हुदाँ ठूलो क्षति भएको छ । छिमेकी ब्यवसायीहरुका अनुसार अनुसार आज विहान करिव २ वजेतिर अचानक आगलागी हुदाँ पसलका सम्पूर्ण समानहरु जलेर नष्ट भएको थियो । मुख्य वजारका ती ठाँउमा जुत्ता तथा कपडाका पसलहरु रहेका थिए । आगलागीबाट कति क्षति भयो भन्ने खुलेको छैन ।
आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ वटा पसलका सम्पूर्ण समानहरु नष्ट भएको थियो । आगलागी विद्युत सर्ट भई लागेको हुन सक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले बताए । क्षतिको विवरण संकलन गर्ने कार्यभईरहेको उनले जानकारी दिए ।
आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरी लगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयको प्रयासमा करिव ३ घण्टा पछि नियन्त्रणमा आएको थियो ।

