प्रदेश १ प्रदेशसभाको बैठक आज बस्दै

विराटनगर / अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश १ प्रदेशसभाको बैठक बुधबार बस्दै छ ।


प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठक बस्ने कार्यसूची छ । प्रदेशसभाको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम छ ।
गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थिगित भएको थियो ।
Facebook Comments Box