बालज्योति र दमकज्योति एकैसाथ लोकापर्ण

दमक / दमक प्रज्ञा प्रतिष्ठानले साहित्यीक गतिविधिहरुलाई समेटेर एकैसाथ दुई वटा कृति सार्वजनिक गरेको छ । प्रतिष्ठानले शनिवार नगरपालिकाको सभाहलमा एक कार्यक्रम गरि दमक बालज्योति र दमकज्योति नामक दुई वटा कृतिको नगर प्रमुख रोमनाथ ओलीले एकैसाथ लोकापर्ण गरे ।

प्रतिष्ठानले प्रकाशन गरेको ती कृति मध्ये दमक बालज्योतिमा बाल साहित्यीक हो भने अर्को दमकसहित देशैभरिका साहित्यीक गतिविधि समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले वताए ।
बालज्योतिका बारे साहित्यकार मिश्र वैजयन्ती र दमकज्योतिका बारेमा साहित्यकार लीला अधिकारीले कृतिका विषयमाथि प्रकाश पारेका थिए । सार्वजनिक गरिएको दमक वाल ज्योति कृतिमा श्रष्टा धनकुटे कान्छा सम्पादक तथा दमक ज्योतिका सम्पादकमा उपप्राध्यापक धनञ्जय बाँस्कोटाले जिम्मेवारी सम्हालेका थिए ।
कृति सार्वजनिकरण कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधान ,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनालगायतका साहित्यकार, प्राध्यापक, कर्मचारी , शिक्षकशिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सोमबार, ०२ चैत, २०७७, बिहानको ०८:४५ बजे

सम्बन्धित खवर