आजको राशिफल

श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत २ गते सोमबार, १५ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको द्वितीया तिथि १९ः०३ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र रेवती ४ः५५ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः१३ र सूर्यास्त ६ः१२ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अनावश्यक वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अनावश्यक धन खर्च हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ । लामो समयदेखि रोकिएका कामकाज पूरा हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज मित्रवर्ग वा हितैषीबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वस्त्रजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । सोचे अनुरूप लाभ मिल्दा मन प्रसन्न रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी हुनेछ । पैसाको लेनदेन गर्दा सावधानी अपनाउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज परिवारबाट सहयोग मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । मनोरञ्जनात्मक तथा रमाइलो कार्यक्रममा सहभागी भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ । व्यवसायमा नोक्सानी व्यहोर्नु पर्ने देखिन्छ ।

सोमबार, ०२ चैत, २०७७, बिहानको ०८:४९ बजे

सम्बन्धित खवर