शिवसताक्षी नगरपालिका प्रतियोगिताको उपाधि विजेता

बिर्तामोड/ शिवसताक्षी नगरपालिका झापामा जारी अन्तर पालिका स्तरिय कर्मचारी फुटबल नकआउट प्रतियोगिताको च्याम्पियन बनेको छ।

डोमालाल राजवंशी रंगशालामा दमक नगरपालिकालाई २-१ गोल अन्तरले हराउदै शिवसताक्षी नगरपालिका प्रतियोगिताको उपाधि हत्याउन सफल भएको हो । नकआउट फुटबल प्रतियोगिताको दोस्रो उपाधि दमक नगपालिकाकाले पाएको छ । उपाधि बिजेता शिवसताक्षीले ५१ हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । उपविजेता दमकले ३१ हजार पाएको छ ।

पहिलो हाफको दशौं मिनेटमा उमेश दाहालले एक गोल गरेर दमक नगरपालिकालाई १-० गोल अन्तरलेपछि पारेका थिए । १-० गोलअन्तरले अगाडि बढेको शिवसताक्षी नगरपालिकाले दोस्रो हाफको ४० औं मिनेटमा कञ्चन मल्लीकले १ गोल गरेर नतिजा दोब्बर बनाए । खेलको ५५ औं मिनेटमा दमक विकि केशरीले १ गोल गरेका थिए ।

बिर्तामोड नगपालिकाको आयोजनामा गएको फागुन २२ देखि जारी अन्तर पालिका स्तरिय कर्मचारी नकआउट फुटबल प्रतियोगितामा झापाका १५ वटै पालिकाको सहभागिता थियो ।

सोमबार, ०२ चैत, २०७७, साँझको ०६:४० बजे

सम्बन्धित खवर