बुद्धशान्तिमा ब्याक्तिगत घटना दर्ता शिविर संचालनमा

बैकल्पिक खवर

बुद्धशान्ति गाउँपालिकाले  ब्यक्तिगत घटना दर्ता अभियान सुरु गरेको छ । हिजो बैशाख १ गते  नयाँ वर्ष देखि १६ गते सम्म संचालन हुने गरी व्यक्तिगत घटना दर्ता अभियान सुरु गरेको हो ।
देशैभर संचालन हुने शिविरका लागि करारमा कर्मचारी नियुक्त लगायतकाा सबै तयारी  गरि सकिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रकासकीय अधिकृत इन्द्र प्रसाद चापागाईले जानकारी दिएका छन् ।


नियुक्त भएका कर्मचारीहरुले तोकिएको  प्रत्येक वडामा गएर आज बाट  काम सुचारु समेत गर्न थालिसकेको गाउँपालिकाले  जनाएको  छ ।

बिहिबार, ०२ बैशाख, २०७८, साँझको ०६:३९ बजे

सम्बन्धित खवर