वीरगञ्ज / गर्मी बढेपछि पर्साको वीरगञ्ज महानगरपालिकाभित्र रहेका सबै विद्यालय एक साताका लागि बन्द गरिएका छन्। अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि भोलि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गरिने महानगरपालिकाले जनाएको छ। महानगरभित्र रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक महासङ्घ र महानगरको शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख विजय सरावगीले जानकारी दिए। वीरगञ्जभित्र ९३ सामुदायिक र १ सय ८५ भन्दाबढी निजी विद्यालय रहेका छन्। एक सातादेखि लगातार बढ्दै गएको गर्मीका कारण वीरगञ्जको जनजीवन प्रभावित भएको छ। दिउँसोको समयमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस पुगेपछि सर्वसाधारण बिरामी हुन थालेका छन्।

Facebook Comments Box