सुनसरी कै उत्कृष्ट स्कुलको रुपमा – विश्व आर्दश सेकेण्डरी स्कुल सम्मानित

इटहरी स्थीत विश्व आर्दश सेकेण्डरी स्कुल जिल्लाकै उत्कृष्ट स्कुलको रुपमा सम्मानित भएको छ । गत सनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच सो स्कुललाइ सम्मान गरीएको हो ।


नागरिक एकता समाजले उक्त सम्मान गरेको विद्यालयका प्रार्चाय गणेश दुलालले जानकारी दिएका छन । राष्ट्रिय परिक्षा बोर्डको अभिलेखलाइ आधार मानेर सुनसरीमा रहेका विद्यालयहरु मध्येबाट इटहरी आइतबारेमा रहेको विश्व आर्दश सेकेण्डरी स्कुल छनौटमा परेको नागरीक एकता समाजले जनाएको छ ।
गुणस्तरयुक्त र अनुशासीत जनशक्ति उत्पादनमा निरन्तर योगदान पुर्याएको भन्दै समाजले सम्मान गरेको हो । गत सनिबार जमल स्थीत राष्ट्रिय नाचघरमा आयोजीत आफ्नो चौथो बार्षिक उत्सबको अवसरमा समाजले देशरीका करीब २५ उत्कृष्ट माध्यमीक विद्यालयहरुलाइ सम्मान गरेको थियो । उक्त सम्मान पुर्व उप राष्ट्रपति परमानन्द झाले प्रदान गरेका थिए ।