गौरादहका वलबहादुर राजवंशी द भ्वाइस अफ नेपालको दास्रो राउण्डमा

झापाको गौरादह निवासी बलबहादुर राजवंसीले द भ्वाइस अफ नेपाल सिजन टु को ब्लाइन्ड अडिसन पार गरेका छन । द हिमालय टेलिभिजनमा प्रसारण भैरहेको द भ्वइस अफ नेपाल अन्तराष्ट्रिय सांगीतिक मापदण्डमा आधारीत प्रतियोगितात्मक सांगीतिक सो को रुपमा प्रसारण भैरहेको छ । प्रत्येक हप्ताको स’क्रबार र सनिबार सांझ ८ बजेदेखी प्रसारण भैरहेको यस कार्यक्रममा झापाको गौरादह नगरपालीका ८ ज’रोपानिका बलबहाद’र राजवंशीले पनि भाग लीएका थिए । हिजो सम्पन्न भएको भ्वाइस अफ नेपाल सिजन दु’इको १० आँै एपिसोडमा राजवंशीले आफ्नो दमदार प्रस्त’ती दीएका थिए । उनको उत्कृष्ट प्रस्त’तिका कारण चारैजना जर्जहरुले बर्ज गरेका थिए । यो संगै उनि ब्लाइण्ड अडिसन पारगर्दै दोस्रो राउण्डमा प्रवेश गरेका छन , जसलाइ ब्याटल राउण्ड भनिन्छ .कार्यत्रमको मध्यतिर प्रस्त’तिका लागी स्टेज उकिलएका राजवंशीले दिप श्रेष्ठको हौ यात्री बोलको गीत गाएका थिए । सामान्यतया प्रतियोगीले स्टजमा जर्जकै गीत गांउन’लाइ निकै चुनौतिपुर्ण मानिन्छ । तर उनले यति सहजताका साथ गाइदिए की गीतको पहिलो लायन सकिन नपाएदै दिप श्रेष्ठले आफ्नो कुर्सी घुमाइहाले । त्यसपछी प्रमोद खरेलले आफ्नो कुर्सी घुमाए भने क्रमस राजु लामा र आस्था राउतले आ आफ्नो कुर्सी घुमाएका थिए । सबै जर्जहरुले आफ्नो टिममा आउन आग्रह गरेपनि बलबहादुरले कोच प्रमोदलाइ रोजेका छन । बलबहादुरले आगामी राउण्डकालागी कोच प्रमोदको टिमबाट तयारी गर्ने छन ।
वलबहादुरले ब्लाइण्ड अडिसन पारगरेर व्यटल राउण्डमा प्रवेश गरेसंगै गाँउघरमा भने खुसीयाली छाएको छ । बिषेष गरी गौरादह, गौरीगंज , दमक लगायका क्षेत्रबाट वैदेशीक रोजगारीमा गएका समकालीन साथीहरुको सामाजिक संजालमार्फत बधाइ तथा सुभकामनाको ओइरो नै लागेको छ । संगसंगै आफना नातेदार , साथीभाइ , अग्रजहरुले सामाजिक संजाल मार्फत बधाइ तथा सुभकामना ब्यक्त गरेका छन ।


वलबहादुर राजवंशी लामो समयदेखी साँगीतिक क्षेत्रमा नै क्रियाशील रहेका छन । बिषेषगरी उनि राजवंशी भाषा तथा संस्कृतिको उत्थानमा क्रियाशिल रहेका छन । उनले राजवशीका थुप्रै गितहरु रेर्कड गराएका छन । उनले राजवंशी भाषको गिती एलबम बेदना भाग १ , २ , ३ र ४ मा समाबेस भएका २० भन्दाबढी गितहरु गाएका छन । जुन गितहरुको लेखन राजवंशी भाषा साहित्य तथा कलाको उत्थानमा लामो समयदेखी क्रियाशील बरिष्ठ सर्जक गोपाल राजवंशीले गरेका हुन । यसको अलावा गायक राजवंशीले मुटु साटेको , हिजोसम्म तिमी मेरो , यसपाली त बिहे
गर्ने हो जस्ता गितहरुमा आफ्नो स्वर दिएका छन । गायक राजवंशी पेशाले ल्याब टेक्निसियन हुन ।