दमक ६ स्थीत ग्लोवल एजुकेसन एकेडेमीले भब्य साँस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । आज वालदिवसको अवसर पारेर एकेडेमीले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागी स्वागत तथा सम्मान र वालवालीका हरुकालागी बिषेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

विहान ७ बजेदेखी नै संगितमय भएको ग्लोबलमा बिद्यार्थीका साथमा अभिभावकको समेत उपस्थितिरहेको थियो । बार्षिकरुपमा ग्लोबलले यसरी बिभिन्न कार्यक्रम गर्दे आइरहेको र यस पटक पनि निरन्तरता दिएको प्रिन्सिपल गुणराज अधिकारीले वताए । संस्थाका अध्यक्ष खेम प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न विधामा आकर्षक नृत्य, गायन ,बिभिन्न सांस्कृतिक परम्पराम झल्काउने पहिरन सहितका नृत्यहरु , बिभिन्न प्रकारका आधुनिक आइटम डान्स , साँस्कृतिक फेशन सो लगायतका प्रस्तुतीहरु देखाएका थिए

यसरी बिभिन्न अवसरहरुको सदुपयोग गर्दै यस्ता कार्यक्रमहरु बिद्यार्थीहरुको प्रतक्ष्य संलग्नतामा आयोजना गरीनुको मुख्यकारण भनेको उनिहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन र विकास नै हो , भन्दै अध्यक्ष खेम प्रसाद भण्डारीले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुले रिन्तरता पाउने वताए । ग्लोवल दमककै उत्कृष्ट नतिजा ल्याउने शैक्षिक संस्थाको रुपमा परिचित छ । .

Facebook Comments Box