अरुणा शाही महिला राष्ट्रिय भलिबल टिमको कप्तान

नेपाल भलिबल संघले राष्ट्रिय महिला भलिवल टिमक कप्तानको जिम्मेवारी अरुणा शाहिलाइ तोकेको छ । सवै खेलाडीको क्षमता, कार्यगत एकता र अनुशासन र टिमलाई अगाडी बढाउने लगाएतका बहु आयामलाई मुल्याङकन गरेर अरुणालाई कप्तान घोषणा गरेको जानकारी दिएको हो । नेपाली महिला भलिवलको टोली बुधबार सागको र एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि थाइल्यान्ड जादैछ । सोही क्रममा नै संघले अरुणालाई कप्तानको जिम्मेवारी सुम्पिएको हो ।


१३औं सागको लागि टोलीका लागि पोखराकी अरुणा शाही नियुक्त भएकी छन् । नियमित कप्तान बिनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ २५ सदस्यीय प्रारम्भिक टोलीमै नपरेपछि नेपाली महिला टोलीको कप्तान को हुने भन्नेमा कौतुहलता रहेको थियो ।
अब अरुणाकै कप्तानीमा नेपालले बंगलादेशमा आयोजना हुने पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्नेछ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सेन्ट्रल जोनका लागि अरुणाको कप्तानीमा नाम पठाइसकेको बताएका छन् । सम्भवत् घरमै आयोजना हुने १३औं सागमा पनि नेपाली टोलीले अरुणाकै कप्तानीमा खेल्नेछन् ।
महिला टोलीको कप्तान भएसँगै अरुणाले आफ्नो लागि यो सुनौलो अवसर रहेको बताएकी छन् । जक्सन डटकम सँगको कुारकानीमा उनले भनिन्–“राष्ट्रिय टोलीको कप्तान हुनु सानो कुरा होइन । यो समग्र पोखरा र मेरो समेत गौरवको कुरा हो म यो जिम्मेवारीलाई पुरा गर्ने छु ।” कुराकनीमा उनले भलिवल संघले विश्वास गरेर मलाई कप्तानको जिम्मेवारी दिएको र त्यो विश्वासलाई कम हुन नदिने पनि उनको भनाई छ ।
उनी टोलीका सिनियर खेलाडी पनि हुन् । अरुणा शाही पोखरा र गण्डकी प्रदेशको मात्रै नभई नेपाली राष्ट्रिय टोलीकी भरपर्दा खेलाडी हुन् । स्पाइकर तथा लिफ्टर अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । त्यसयता, उनी टोलीको नियमित सदस्य छिन् ।