दमक, २९ मंसिर /  दमक उद्योग वाणिज्य संघको ३१ औ बार्षिक साधारणसभा यहि पुस २२ गते हुने भएको छ । संघको हालै सम्पन्न बैठकले आसन्न चुनावी साधारणसभाको मिति तय गरिएको संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले जानकारी दिए ।

साधारणसभा भव्य रुपले सम्पन्न गर्न संघका बरिष्ठ उपाध्यक्ष गुरागाईको संयोजकत्वमा साधारणसभा तयारी समिति गठन गरिएको छ भने अन्य आवश्यक विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।
साधारणसभा भव्य रुपमा सम्पन्न गर्न गठित उपसमितिहरुले विभागीय काममा तीव्रता दिएको संयोजक गुरागाईले जनाएका छन् । साधारणसभा सकिएको १५ दिन भित्रमै संघले नयाँ नेतृत्व पाउने जनाईएको छ ।

तीन बर्षे कार्यकाल रहने संघको निर्वाचन भने माघ ६ गते भित्रमा सम्पन्न हुने संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए । उनका अनुसार साधारणसभाले निर्वाचन समितिसहित निर्वाचनको मिति तय गर्ने छ । निर्वाचनमा २१०० सय हाराहारीका उद्योगी,व्यवसायीहरु मतदाता रहेका छन् ।

Facebook Comments Box