दमकका ब्यावसायी चन्द्र गजमेरसँगको अन्तरवार्ता

सहकारी भनेको सहकार्य मात्र नभएर सामुहिक भावना पनि हो =गजमेर

चन्द्र गजमेर व्याबसायीक तथा सामाजिक क्षेत्रमा चीनिएको नाम हो । झापाको दमकलाइ आफनो व्यावसायीक कर्मथलो बनाएका गजमेर सहकारी क्षेत्रमा पनी त्यतिनै कृयाशील छन् । युवाहरु माझ लोकप्रीय गजमेर लायन्स क्लब दमक माउन्ट एभरेष्टका अध्यक्ष, झापा कन्काइ माइ ट्याक्टर संघका उपाध्यक्ष ,गजमेर बन्धु प्रतिष्ठानका माहासचिवलगायत दर्जनौं संघ–संस्थामा आबद्ध रहेका छन् । प्रस्तुत छ झापा दमक–६ स्थित शुभकामना सहकारीका अध्यक्ष समेत रहेका गजमेरसँग सहकारी क्षेत्रका विषयमा मेची एक्सप्रेसकालागि दिनेश दंगाल सँगको कुराकानी =

तपाईको विचारमा सहकारी भनेको के हो ?
—मेरोे विचारमा, छरीएर रहेको सानो पुँजीलाइ एकीकृत गरी नियम संगत तरीकाले व्यतिmहरुको आर्थिक तथा सामाजिक जीवन स्तर उकास्नका लागी गरीने सामुहिक सहकार्यनै सहकारी हो । जसमा सहकारीका आम मान्यताहरुलाइ अंगालिएको हून्छ

सहकारी क्षेत्र नाफामुलक हो की सेवामुलक ?
—वास्तवमा भन्ने हो भने यो सेवामुलक र नाफामुलक दुवै हो । संस्था भैसके पछी सबै कुरालाइ ध्यान दिनुपर्ने हुन्छ । हामीले शेयर सदस्यहरुको सेवा, सुविधा र सामाजिक उत्तरदायित्वजस्ता कुराहरुलाइ पनि सँगसगै लैजानु पर्ने हुन्छ, यी सबै कुराको लागि संस्था सवल हुनैपर्छ । यो भनेको संस्थाले आर्थिक उन्नति गरेको हुनुपर्छ भन्ने हो त्यसका लागि त नाफा मुलक हुनु नै पर्छ ।

तपाईको सहकारीको अवस्था चाहिं कस्तो छ ?
–शुभकामना सहकारी २०६९ सालमा सुनचाँदी व्यावसायी संघको पहलमा स्थापना भएको संस्था हो । म त्यो बेलाको संस्थापक कोषाध्यक्ष हो । त्यो विचमा केही वर्ष म आफू सक्रिय ढंगले यो संस्थामा रहन सकिन । अहिले विगत १ वर्षदेखि मैले यो संस्थाको नेतृत्व समालिरहेको छु । अहिलेको अवस्थालाई हेर्दा शुभकामना सहकारीको अवस्था राम्रो रहेको छ । हाम्रो संस्थाले दैनिक १ करोड ५० लाखको हाराहारीमा कारोबार गरिरहेको छ भने झण्डै ३५०० जना शेयर सदस्यहरु रहेका छन् साथै २० जना जतिले रोजगारी पाइरहेका छन् ।

दमकमानै १०० भन्दा बढी सहकारीहरु रहेका छन्, यसरी च्याउ उम्रेझै सहकारी खोलिनुलाई तपाई के भन्नुहुन्छ ?
–सहकारी संस्था स्थापना हुने कुरा आफैमा नराम्रो चाहिं होइन । तर अहिले सहकारी खोल्ने प्रचलन चाहिं आवश्यकता भन्दा अलिक भिन्न जस्तो देखिन्छ । हामीले सहकारी स्थापना हुनुलाई भन्दा पनि त्यसले सम्पूर्ण सेयर सदस्यहरुलाई दिने सेवा सुविधा र समाजलाई दिने योगदानलाई हेर्नुपर्छ जस्तो लाग्छ । सायद सरकारले पनि यस्तै कुराहरुलाइ विचार गरेर नयाँ संस्था दर्तामा कडाइ गर्दै सहकारी मर्जरको अवधारणा ल्याएको हो ।

सहकारीको माध्यमबाट समाजको आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने गरिन्छ , त्यो कसरी सम्भव छ त ?
–सहकारी भनेको सहकार्य मात्र नभएर सामुहिक भावना पनि हो । सहकारीका माध्यमबाट, आर्थिक मात्र नभएर सामाजिक, प्राविधिक, शैक्षिक तथा साँस्कृतिक गतिविधि पनि भइरहेको हुन्छ । जहाँ समुदायका सबै पक्षका वीच सहकार्य र सहयोगको भावनाको विकास हुने भएकाले सामुहिक उत्पादनमुलक कामहरु र आर्थिक उपार्जनका अन्य गतिविधिहरु सहकारीका माध्यमबाट गर्न सकिन्छ । जसले समाजको आर्थिक रुपान्तरण गर्नमा महत्वपूर्ण भूमिका योगदान गर्दछ ।

तपाईको सहकारीका भावी योजनाहरु के–के छन् ?
—हामी शेयरहरुको सेवा÷सुविधाको लागि सधैं चिन्तित छौं । शेयर सदस्यहरुलाई अझ सेवासुविधा प्रदान गर्नका लागि विभिन्न योजनाहरु निर्माण गरी अघि बढिरहेका छौं । साथै हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरु पनि गर्दै आएका छौं । शेयर सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै निकट भविष्यमै संस्थाले आफ्नै डिपार्टमेन्ट स्टोर सञ्चालन ल्यान लागेको छ । साथै आगामी ३ वर्षभित्रमा सबै विपन्न शेयर सदस्यहरुको घरमा टिनको छानो लगाउने योजना भर्खरै साधारणसभाबाट पारित गरेका छौं । कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम, गोष्ठी लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने योजना तयार गरेका छौं ।

शनिबार, २९ मंसिर, २०७५, दिउँसोको १२:५१ बजे

सम्बन्धित खवर