माईमेला भरेर घर फर्किदा एक युवाको मृत्यु

सुरुङ्गा / झापाको कनकाई -१ स्थित गरमकाली पेट्रोल पम्प अगाडि आइतवार साँझ यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा कन्काई -६ का ४४ बर्षिय केशव नेपाल रहेका छन् ।
प्र १—०१—००१ ख ३४२० नम्बरको गरमकाली यातायातले पैदल यात्री नेपाललाई साँझ ६ बजे तिर ठक्कर दिदा उनको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । मृतक माईमेला भरेर घर फर्किदा बसले ठक्कर दिएको बताईएको छ ।प्रहरीले ठक्कर दिने बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।


Facebook Comments Box