दमक,२ माघ /  दमक उद्योग बाणिज्य संघको महिला उपाध्यक्षसहित बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।सोमबार उम्मेदवारी फिर्ताको अन्तिम समयमा बस्तुगत तर्फ सातै सदस्य तथा दुई जना लेखा सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए । यसअघि महिला उपााध्यक्ष पदमा शुष्मा निरौला केसी निर्विरोध निर्वाचित भएकी छन् ।
निर्वाचन समितिका संयोजक गुरागाईका अनुसार बस्तुगततर्फ सदस्यमा निर्वाचित हुनेमा मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपक प्रसाद गौतम रहेका छन् । निर्वाचित मध्ये गौतम मात्र एमाले निकटका हुन् भने अन्य सबै नेपाली कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहका हुन् । सात सदस्य रहने बस्तुगतमा ८ जनाको उम्मेदवारी दर्ता भएकोमा उम्मेदवार रिंगकुमार आचार्यले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता भएपछि ती पद सवै निर्विरोध भएका थिए ।
यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र एमाले समर्थित समूहबाट षडानन्द घिमीरे निर्विरोध निर्वाचित भएका छन् ।२४ सदस्यीय कार्यसमितिको नयाँ नेतृत्वका लागि यहि माघ ६ गते निर्वाचन हुदै छ । निर्वाचनमा २०१६ मतदाता छन् । कांग्रेस,राप्रपा र माओवादी समर्थित व्यवसायीका तर्फबाट अध्यक्षमा देवी प्रसाद गुरागाईं (गोपाल) र एमाले समर्थित व्यवसायीको समूहबाट बिमल खतिवडा अध्यक्षका प्रत्यासी छन् । गुरागाई कार्यसमिति सदस्य, पदाधिकारी हुदै हाल वरिष्ठ उपाध्यक्ष रहेका छन् भने खतिवडा यसअघि वर्तमान अध्यक्ष गोकुल श्रेष्ठसंग अध्यक्षमा पराजित भएका थिए ।
दुवै उम्मेदवारको समूहले व्यवसायीहरु माझ भोट माग्दैआएका छन् । कतिपय उम्मेदवारले सामाजिक सञ्जाल, एसएमएस माध्यमबाट भोट माग्दै आएका छन् ।

Facebook Comments Box