ओली पक्षको चियापान र माधव पक्षको पत्रकार सम्मेलन एकै समय

काठमाण्डौ ३ चैत्र /   विवाद समाधान गर्ने प्रयासस्वरुप सोमबार अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको छलफलमा ओली आफ्नो निर्णयबाट पछि नहट्ने अडान कसेपछि विवाद जस्ताको तस्तै रहन पुगेको हो ।
विवाद सहमति उन्मुख नभएपछि मंगलबार ओली र माधव नेपाल पक्षले आज छुट्टाछुट्टै कार्यक्रम राखेका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे चियापान कार्यक्रम राखेका छन् भने माधव पक्षले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ ।

माधव पक्षले पत्रकार सम्मेलनमा बुधबारबाट हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिनेछ । त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराइले जानकारी दिएका छन् । उता, ओली पक्षले राखेको चियापानमा माधव झलनाथ पक्षले आफू पक्षीय नेता कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिइसकेका छन् ।

मङ्गलबार, ०३ चैत, २०७७, बिहानको ११:३५ बजे

सम्बन्धित खवर