प्राध्यापक माणिकलाल श्रेष्ठको निधन

३ चैत, काठमाडौं / बौद्धिक व्यक्तित्व प्रा.माणिकलाल श्रेष्ठको मंगलबार निधन भएको छ ।
निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
केही सुधार भएपछि उनलाई घरमै राखी उपचार गरिँदै आइएको थियो । त्यसबाहेक, उनलाई नियमितरुपमा डायलाइसिससमेत गरिँदै आइएको थियो ।
पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् ।

पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उनीसँग सरसल्लाह लिने गर्थे ।

लामो समय प्राध्यापन पेसामा रहेका श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने नेपालको पहिलो व्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्तासमेत थिए । श्रेष्ठको जन्म विसं १९८९ मा भएको थियो । एक वर्षअगाडि उनकी श्रीमती सिलु सिंहको निधन भएको थियो ।

मङ्गलबार, ०३ चैत, २०७७, बिहानको ११:५७ बजे

सम्बन्धित खवर