भोलि सर्वदलीय बैठक बस्दै

बैकल्पिक खवर

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक डाकेका छन् । शनिबार बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। समसायमयिक राजनीतिक घटनाक्रम, कोभिड महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो।

पछिल्ला दिनमा नेपालमा कोरोना भाइरस (कोभिड -१९) तीव्ररुपमा फैलिरहेको छ। संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ। सरकारले १४ जिल्लालाई कोरोनाका अति प्रभावित जिल्ला  घोषित गरेको छ।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म चालेका कदम र तिनको प्रभावकारिताबारे पनि प्रश्न उठ्न थालेको छ।

शुक्रबार, ०३ बैशाख, २०७८, दिउँसोको ०३:१६ बजे

सम्बन्धित खवर